काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति चिन्ता जनाएकी छिन् । उनले कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आफूले असाध्यै प्रेम गर्ने व्यक्तिका रुपमा प्रस्तुत गरेकी छिन् ।
मनीषाले ट्वीटरमा ट्वीट गर्दै लेखेकी छन्, ‘म उहाँलाई असाध्यै प्रेम गर्थे ।’ मनीषाले सुशीलसँगको तस्बिर पनि पोष्ट गरेकी छन् । नाताले मनीषा सुशीलकि नातिनी पर्छिन् ।
मनीषा प्रकाश कोइरालाकी छोरी हुन् । प्रकाश बीपी कोइरालाका भाइ हुन् । मनीषा ले सुशीलसँगका क्षणहरु पनि सम्झिएकी छिन् । बलिउड फिल्ममा सक्रिय मनीषा नेपाल आउँदा सुशीललाई भेट्ने गथिन् ।
नेपालमा फिल्म ‘फेरि भेटौला’बाट फिल्म यात्रा सुरु गरेकी मनीषाको बलिउडको डेब्यू फिल्म ‘सौदागर’ हो ।















प्रतिक्रिया