
त्रिशूली (नुवाकोट), २८ माघ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनादेखिको भारतीय नाकाबन्दी जनताको शिर झुक्न नदिइकनै खुलेको बताउनुभएको छ ।
आज नुवाकोटको खरानीटारमा अमरज्योति बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले नेपालीको स्वाभिमानमा अडान कायमै रहेका कारण नाकाबन्दी खुलेको उल्लेख गर्नुभयो ।
उहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दलबीच राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउनुभयो ।
अध्यक्ष दाहालले दलीय एकताका कारण जसरी संविधान आयो त्यसैगरी देशको पुनःनिर्माणका लागि पनि दलीय एकताको खाँचो रहेको बताउनुभयो ।












प्रतिक्रिया