मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीविरुद्ध फेरि मुद्दा परेको छ ।
आफ्नो पोर्न छविलाई अहिले पनि मेटाउन नसकेकी सन्नीले फिल्म खेल्ने नाममा मन्दिरमै आपत्तिजनक हर्कत गरेपछि उनीविरुद्ध राजधानी दिल्लीको एक प्रहरी चौकीमा मुद्दा परेको हो ।
यस्तो छ घटना विवरणः
चलचित्र मस्तीजादेकी प्रमुख अभिनेत्री सन्नीसहित दुई अभिनेता वीरदास र तुसार कपूर र चलचित्रका निर्मातामाथि पनि धार्मिक भावनामा चोट पुगाएको आरोप लागेको छ । उनीहरुविरुद्ध प्रहरीमा उजूरी दर्ता भएको हो ।
चलचित्रको एक दृश्यमा मन्दिरभित्र कण्डमको प्रवद्र्धन गरिएको भन्दै उनीहरुविरुद्ध उजूरी परेको हो । एक दृश्यमा वीरदास र सन्नीले मन्दिरमा कण्डमको असभ्य पारामा कण्डमको प्रयोग गरेका छन् । जसलाई आपत्तिजनक मानिएको छ ।
दिल्लीस्थित आर्दशनगर पुलिस स्टेशनमा यो मुद्दा दर्ता भएको हो । मस्तिजादे कमेडी चलचित्र हो । यस चलचित्रमा सनी लियोनको डबल रोल छ ।















प्रतिक्रिया