२४ कार्तिक २०८३, मंगलबार

आजको संसद बैठकले कोइरालाको सम्मानमा शोक प्रस्ताव पारित गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, २८ माघ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

लामो समयपछि बस्न लागेको संसद् बैठकमा गत सोमबार राति निधन हुनुभएका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका स्वर्गीय कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । कोइरालाले नेतृत्व गरेको सरकारले गत असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी गरेको थियो ।

कोइराला २०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेसको आशन्न १३औँ महाधिवेशनका कारण प्रमुख राजनीतिक दलको सहमतिमा संसद्को बैठक सारिँदै आएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने र त्यसका लागि सचिवालयले आवश्यक तयारी गरिरहेको छ ।