२४ कार्तिक २०८३, मंगलबार

निधन भएकै दिन रामचन्द्रले सुशीलको कुर्सी कब्जा गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-ramchandra

काठमाडौं, २७ माघ । सभापति सुशील कोइरालाको निधन लगत्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कुर्सी कब्जा गरेको खुलासा भएको छ ।

सोमबार राति १२ बजेर ५० महाराजगञ्जमा कोइरालाको निधन भएको थियो । निधन भएको भोलिपल्ट मंगलबार विहान ११ बजे उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक पार्टी कार्यालय सानेपामा बोलाइएको थियो ।

बिहान ८ बजे नै कोइरालाको शव पार्टी कार्यालय बाहिर राखिएको थियो । नेताहरु अन्तिम संस्कार लगायतका प्रक्रियाबारे छलफल गर्न बैठकमा जुटेका थिए ।

बैठकको अध्यक्षता उपसभापति रामचन्द्र पौडलले गरे, जुन विधानले दिएको अधिकार र स्वभाविक पनि थियो । तर, बैठकमा पौडेलले अनौठो हर्कत देखाए । एक नेताका अनुसार उनी पार्टी सभापति सुशील कोइरालाको कुर्सीमा बसे ।

बैठकको तस्वीर लिन पुगेका एक फोटो पत्रकारलाई त्यो अस्वाभाविक लाग्यो र कांग्रेसको विद्यार्थी राजनीतिबाट आएका उनले प्रश्न गरिहाले– कम्तिमा आज त त्यो कुर्सी खाली राख्नुपर्ने होइन र ? तर, पौडेलले हुन्न भन्ने भावसहित मुन्टो हल्लाए र कुर्सी छाड्न मानेनन् ।

यसरी पौडेलले कोइरालाको निधन भएकै दिन सभापतिको कुर्सी कब्जा गरेका हुन् । यसले के देखाउँछ भने कांग्रेसको १३ औं महाधिवेशनमा पौडेलले सभापति लड्ने तयारी गरेका छन् ।