२४ कार्तिक २०८३, मंगलबार

आर्यघाटमा यस्तो पनि देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil congress 6– विमल योगी

काठमाडौं, २७ माघ । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शव आउनुभन्दा दुई घण्टादेखि पशुपति आर्यघाट शुचेच्छुकहरूको भीडले खचाखच भरिएको थियो । नजिकै रहेका ४० उमेर पुगेका एक व्यक्तिले भन्दै थिए, ‘मान्छे कति धेरै आएका हुन् !’ मैले प्रश्न गरे, गिरिजाप्रसाद कोइरालाको पालामा भन्दा अलि कम होलान् नि ? ती व्यक्तिले भने, ‘म पशुपतिनाथको मन्दिरमा चढाउने गाईको रेखदेख गर्ने व्यक्ति हुँ । म पशुपतिनाथ मन्दिर परिषरभित्र रहेको घरमा बस्छु । मैले गिरिजाप्रसाद कोइरालाको शव यात्रा पनि हेरेको थिए । आज सुशील कोइरालाको पनि हेरे । तर गिरिजाप्रसाद कोइरालाको भन्दा सुशील कोइरालाकोमा धेरै मान्छे आर्यघाटमा जम्मा भएको देखे ।’

हुन पनि खचाखर्च भरिएको आर्यघाटमा नअटाएका शुभेच्छुकहरू बनकालीतर्फ रहेका रुखमा चढेर कोइरालाको शव यात्रालाई हेरेका थिए । उनीहरूले कोइरालालाई दिइएको सलामी र राजकीय सम्मानको पनि प्रत्यक्ष अवलोकन गरे ।

सरकारका मन्त्री, कांग्रेसका नेता तथा कार्यकर्ता, उच्च पदाधिकारी, कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि आदिको आर्यघाटमा उल्लेख्य जमघट थियो ।

दशरथ रङ्गशालाबाट हिँडेको शव यात्रा शहरका विभिन्न स्थानको परिक्रममा गर्दै करिव ४ बजे पशुपति आर्यघाट आइपुगेको थियो ।

नेपाली सेनाको गाडीमा राखिएका कोइरालाको शवको अगाडि पछाडि समर्थकहरूको सहभागिता थियो । उनीहरूले कोइरालाका पक्षमा नारावाजी गरेका थिए । सडकको दायाँबायाँ उभिएका सर्वसाधारणले कोइरालाको शवयात्राको स्वागत गरेको देखिन्थ्यो ।

हिजो राति १२ बजेर ५० मिनटमा प्राण त्यागेका कोइरालाले उल्लेख्य शुभेच्छुक कमाएको आर्यघाटमा जम्मा भएकाहरूले बताएका थिए ।

उनीहरूले कोइरालाले मुलुकका लागि पुगाएको योगदानको कदरस्वरुप आर्यघाटका साथै शवयत्रामा सहभागी भइ सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री भएका बेला आफ्नो कार्यकालमा सबै दलहरूलाई मिलाएर लचकताका साथ संविधान निर्माणमा प्रमुख भूमिका खेलेका कोइरालाको योगदान मुलुकले चीरकालसम्म स्मरण गर्नेछ । (तस्बिर सामाजिक सञ्जालहरूबाट साभार)

Sushil Congress 11

sushil congres 4 sushil congres 5 Sushil Congress 1 sushil congress 2 sushil congress 3
sushil congress 7 sushil congress 8 Sushil Congress 10
Sushil Congress 12 sushul congress 9