
काठमाडौँ, २७ माघ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिका लागि दशरथ रङ्गशालाबाट सुरु भएको शवयात्रा पशुपति आर्यघाट पुगेको छ ।
बुधबार दिउँसो दशरथ रङ्गशालाबाट शवयात्रा सुरु भएको थियो । शवयात्रा सुरु हुँदा राष्टिय गीतको धुन बजाइएको थियो । शवयात्रा थापाथली, सिँहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले बताए ।
शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वसाधरणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मङ्गलबार बिहान १२ः ५० बजे निधन हुनुभएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मङ्गलबार नै निर्णय गरेको थियो । सोही निर्णय अनुसार आर्यघाटमा कोइरालाको राजकीय सम्मानका साथ अन्तेष्टिका लागि भव्य तयारी गरिएको छ ।
केहीबेरमा कोइरालाको पार्थिव शरीरलाई दागबत्ति दिइनेछ ।


![k"j{ k|wfgdGqL zj ofqf g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL ;'zLn sf]O/fnfsf] kfly{s z/L/sf] zj ofqf l;+xb/af/ cufl8 . tl:a/ M /Tg >]i7, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2016/02/Koirala-sab-yatra-5-650x433.jpg)
तस्वीर सौजन्यः युपी लामिछाने र रासस












प्रतिक्रिया