
एजेन्सी । रांचीको सफायर इन्टरनेशनल स्कूलकी शिक्षिकालाई शुक्रवार ७ कक्षामा अध्ययनरत छात्रको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
हत्याको कारण छात्रले उनकी ११ वर्षीय छोरीसँग प्रेम गर्नु रहेको प्रहरीले जनाएको छ । जून उनलाई मन परेको थिएन् ।
समाचार अनुसार विनय महतो नामका छात्रको शव टीचर्स क्वाटर्सको बाहिर फेला परेको थियो जहाँ ३० वर्षीय खातून आफ्ना पति र दुई छोराछोरीसँगै बस्दै आएकी थिईन् । उनै खातूनलाई विनयको हत्या गरेको अरोपमा प्रहरीले पक्राउ गरेको छ ।
रांचीका एसएसपी कुलदीप द्विवेदीले शिक्षिका खातूनसहित उनका पति र दुबै छोराछोरीलाई फोरेन्सिक एक्सपर्टको मद्दतबाट गरिएको साइन्टिफिक जांचमा फेला परेको सबूतको आधारमा पक्राउ गरिएको बताए ।
घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने उनले बताए ।















प्रतिक्रिया