२४ कार्तिक २०८३, मंगलबार

कोइरालाको निधनले एशियाको राजनीतिमा असर पुर्याउनेः भारतीय नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DB-Tripathiकाठमाडौँ, २७ माघ । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले समग्र एसियाको राजनीति विकासमा असर पुर्याउने भारतीय प्रधानमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार डा. एच एन शर्माले बताउनुभएको छ ।

रङ्गशालामा राखिएको स्वर्गीय कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कोइरालाको निष्ठाको राजनीति अनुभव समग्र एसियालाई नै खाँचो रहेको औँल्याउनुभयो ।

त्यसैगरी भारतीय समाजवादी पार्टीका नेता डिबी त्रिपाठीले नेपाल भारत सम्बन्धलाई बलियो बनाउन कोइराला परिवारले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले नेपालमा संविधान निर्माणमा कोइरालाले अभिभावकीय नेतृत्व लिएर गरेको योगदानको भारतीय सरकार तथा जनताले सधैं स्मरण गर्ने बताउनुभयो । रासस