
काठमाडौँ, २७ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि समारोहमा भागलिन भुटान सरकारका तर्फबाट त्यँहाका गृहमन्त्री दावा ल्योन्पोले नेतृत्व गर्नुभएको एक प्रतिनिधिमण्डल मंगलबार यहाँ आइपुगेको छ ।
सो प्रतिनिधि मण्डल सहित गृहमन्त्री ल्यान्पोले केहीबेर अघि दशरथ रङ्गशाला पुगि स्व कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कोइरालाको निधनको खबर पाएपछि मन्त्री ल्योन्पो गए राति काठमाडौँ आउनुभएको थियो ।
यसैबीच, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति शोक सन्देश पठाई समवेदना प्रकट गर्नुभएको छ ।
काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालामार्फत प्रधानमन्त्री तोब्गेले पठाउनुभएको सन्देशमा नेपाली काँग्रेस र नेपाली जनताका लागि दुःखद् खबर हो, भन्दै, यस विपद्को घडीमा धैर्य धारण गर्न आग्रह गर्नुभएको छ ।
यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराज, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम यचुरी, नेता शरद यादव, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबललगायतको भारतीय टोली नेपाल आएर कोइरालालाई श्रद्धाञ्जली अपर्ण गरिसकेको छ ।
स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न रङ्गशालामा बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ । रासस












प्रतिक्रिया