२९ आश्विन २०८३, बिहिबार

दुई शब्द सुशील’दाको नाममा श्रद्धासुमन…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirala3‘मान्छे जिउदो हुन्जेल सत्तोसराप गरेर उठीबास लगाउने यही समाज, सोही ब्यक्तिको मृत्यु पश्चात प्रंशंसा गरेर नथाक्ने हामी नेपाली र हाम्रो संस्कार ।’

सन्दर्भ नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको मात्रै पनि होईन । यथार्थ घट्ना हाम्रो समाज र संस्कारको वास्तविकता पनि हो । हामी र हाम्रो समाज अनि संस्कारमा चलन चल्ती नै भयो । जहाँ एउटा असल मान्छे कसैलाई मन परेन र बिरोधी बिचारको पर्यो भने तथानाम गाली गलौज र उसले गरेको राम्रो कामहरूलाई पनि बिर्सिएर एकाकिनार लगाई सत्तोसराप गर्ने र उसलाई समाजको कुलँकार हो भनेर प्रमाणित गराउन पनि पछि नपर्ने यही हाम्रै समाज र संस्कार हो । तर पछी त्यही ब्यक्तिको मृत्यु पश्चात उसैबाट भए गरेका राम्रा कामहरूलाई जायज स्विकार गरी बयान, ब्याख्या र गुणगान गरेर कत्ती पनि थाक्दैनौ हामी नेपाली र आफुलाई उसैको हिमायती हुँ अनि उसैको असल भक्त हुँ भन्ने पनि प्रमाणित गर्न गराउन पनि पछी पर्दैनौ हामी नेपाली ।

मान्छे हो मान्छेमा गल्ती कमी कमजोरी सबैमा हुन्छन । हो सुशीलदामा पनि एउटा ठूलो गल्ती भएकै हो । जसले धेरैको मन दुखाएको र सबैलाई आश्चर्य पारेकै हो । त्यो गल्ती गर्नै नहुने थियो जसले गर्दा नेपालको संविधान २०७२ आफ्नै कार्यकालमा संविधान बनाई रातारात सबैको प्रिय बनेको सुशील कोईराला क्षणभर मै शुन्यमा पुग्नुपर्यो जुन तिम्रो महागल्ती नै थियो तर पनि पदको लोभी नभएको त्यो तिम्रो निस्वार्थको राजनीतिक जीवनले प्रमाणित गर्दछ ।

तिमी साच्चैको सुशील थियौ, तिमीमा ईमान्दारिता थियौ र तिमी महान थियौ । त्यसैले अन्य पार्टीका ब्यक्तिले गर्न नसकेको काम ‘नेपाली काँग्रेस’ अर्थात तिम्रो नेतृत्वमा सरकार बने पश्चात आफ्नो प्रमुख दायित्व नेपालको संविधानलाई प्राथमिकतामा राखेर ठूलै बिरोध र अड्चनका बावजुद पनि नेपालीलाई ‘नेपालको संविधान २०७२’ लाई उपहार दिएर गयौ । आफ्नो नाम नेपालको इतिहासमा सुनौला अक्षरले लेखाएर गयौ । हरेक संविधान दिवसको दिन प्रत्येक नेपाली र सिँगो राष्ट्रले सम्झने छ ।

बहुदलीय समाजवादमा बिश्वास र आस्था राख्ने ब्यक्ति भएको नाताले स्वर्गीय सुशील कोईरालालाई भित्री आत्मैदेखी सम्मान र नमन गर्दै सुशीलदा तिम्रो आत्मले स्वर्गमा बास पाओस । तिमी मरेर गएपनि नेपालको ईतिहासमा तिम्रो नाम सदा अजर अमर रही रहने छ । तिमी नेपाल र नेपालीको लागि एउटा महान पुरूष हौ । तिम्रो मृत्युमा दुःख प्रकट गर्दै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

जय नेपाल !
मिन दर्लामी,
हाल सिकागो अमेरिकाबाट ।