१ कार्तिक २०८३, शनिबार

भारतका कलाकारले बालुवामा बनाए सुशील कोइरालाको प्रतिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

मुम्बई । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिन भारतको उडिसाका चर्चित कलाकार सुदर्शन पट्टनायकले बालुवामा उनको प्रतिमा बनाएका छन् ।

यसअघि भारतका पूर्व राष्ट्रपति अब्दुल जे क्लामको सम्मानमा यस्तै प्रतिमा बनाएका सुदर्शनले उडिसाको पुरी बीचमा कोइरालाको सम्मानमा उनको प्रतिमा बनाएका हुन् ।

आफूले बनाएको प्रतिमाको तस्बिर ट्वीटरबाट सार्वजनिक गर्दै उनले भनेका छन्- ‘यो तस्वीर नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा कोरेको हुँ ।’

कांग्रेस सभापति कोइरालाको सोमबार राति निधन भएको थियो ।

हेर्नुस् ट्विट:

https://twitter.com/sudarsansand?ref_src=twsrc%5Etfw