
एजेन्सी । जनता, समाज र देशको नेतृत्व गर्न राजनीतिमा लागेका एक सांसद महिलासँग आपत्तिजनक अवस्थामा रंगेहात समातिएका छन् ।
यूपीको राजधानी लखनऊमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का पूर्व विधायक(सांसद) योगी कौशलेन्द्र नाथले आफ्नै फ्ल्याटमा परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको खुलासा भएको हो । भारतीय च्यानल आजतकका अनुसार सांसदसँग यौनसम्पर्क राखिरहेको अवस्थामा ती महिलाका श्रीमानले दुबैलाई रंगेहात फेला पारेका हुन् ।
लखनऊ प्रहरीले यो घटनाको जाँच गरिरहेको छ । समाचार अनुसार एक महिला आफ्नो भाईका लागि जागिर माग्न पूर्व सांसद कौशलेन्द्रको घर गएकी थिइन् । उनका भाई बाहिर उभिएका थिए र महिला घरभित्र थिइन् । धेरै समयसम्म उनी बाहिर नआएपछि नजिकै रहेका उनका पति उनलाई खोज्दै भित्र पसे । जहाँ उनले आफ्नी श्रीमतीलाई सांसद कौशलेन्द्रको काखमा निवस्त्र भेट्टाए । त्यसपछि उनले तुरुन्त प्रहरीलाई फोन गरेर घटनाबारे सूचना दिएका थिए ।
उनको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो, जहाँ उनकी पत्नि कौशलेन्द्रको घरको छतमा भेटिएको प्रहरीले बताएको छ ।
समाचार अनुसार योगी कौशलेन्द्र नाथमाथि केही वर्ष अगाडि पनि एक आफ्नै नौकरानीलाई रक्सी पिलाएर बलात्कार गरेको आरोप लागिसकेको छ । तर, पुष्टि हुन नसक्दा कारवाही हुन सकेको छैन् ।















प्रतिक्रिया