१ कार्तिक २०८३, शनिबार

गोविन्दालाई १० वर्षपछि अदालतले दियो अनौठो सजायँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda-oneinfoमुम्बई । बलिउडक अभिनेता गाविन्दालाई १० वर्षपछि भारतको सर्वाेच्च अदालतले अनौठो सजायँ सुनाएको छ ।

आफ्ना एक फ्यानलाई थप्पड हानेकोमा दोषी ठहर गर्दै अदालतले गोविन्दालाई बिना शर्त माफी माग्न र पाँच लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । गोविन्दाले यो आदेशलाई आफूले मान्ने विश्वास अदालतलाई दिलाएका छन् ।

मंगलवारको सुनवाईमा सुप्रीम कोर्टले दुबै पक्षलाई एक हप्ताभित्र समझदारी(मिलापत्र) गर्न आदेश समेत गरेको छ । भारतमा कलाकारलाई सानो गल्तिमा यति ठूलो सजायँ दिइएको यो पहिलोपटक हो ।

अदालतले कुनै पनि व्यक्तिलाई थप्प हान्नु कलाकारको नैतिकताले पनि नमिल्ले भन्दै यस्तो सजाय गरेको भारतीय च्यानल आजतकले जनाएको छ । समाचार अनुसार गोविन्दाले १० वर्ष पहिले १६ जनवरी २००७ मा सन्तोष राय नामका एक युवकमाथि शुटिंगका क्रममा थप्पड हानेका थिए ।