– बिजय शर्मा दर्पण
स्विजरल्याण्ड । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति युरोपमा रहेका कांग्रेसीहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।
कोइरालाको असामयिक निधन भएको खबरले यूरोपमा रहेका नेपाली कांग्रेस कार्यकर्ता तथा कांग्रेसमा आस्था राख्ने का साथै प्रजातान्त्रिक पद्दतिमा बिश्वास राख्ने सम्पूर्ण नेपालीहरु स्तब्ध र मर्माहित भएका छन् । कोइराला हाम्रो पार्टीको सभापति हो, उहाँकै नेतृत्वमा पार्टीले संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल भएको मात्रै होइन उहाँकै प्रधानमन्त्री कालमा मुलुकले नयाँ संविधान पाएको हो जनसम्पर्क समिति स्पेनका निबर्तमान अध्यक्ष चिन्तामणि सापकोटा ले हृदयक बिधारक रुपमा बताउनुभयो ।
त्यस्तै सुशिल कोइरालाको निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । दुःखको यस घडीमा हामी सबैलाई धैर्यधारणा गर्ने शक्ति मिलोस । मृतआत्माको बैकुण्ठ बासको कामना गर्दै शोकाकुल परिवारजन र नेपाली कांग्रेसका साथीहरु प्रती हार्दिक समवेदना प्रकट गर्दै नेपाली जनसंपर्क समिति जर्मनीका निवर्तमान सभापती शरण केसीले बताउनुभयो । कांग्रेस महाधिवेशनको समयमा बर्तमान सभापति कोइरालाको असामायिक निधनले सम्पुर्ण नेपाली कांगेस प्रति आस्थावान तथा प्रजातान्त्रिक पद्दतिमा बिश्वास राख्ने हामी सबै नेपालीहरुलाई अत्यन्त मार्महिक बनाएको केसीले बाताउनुभयो ।
त्यस्तै जनसम्पर्क समिति स्विजरल्याण्डका उपाध्यक्ष श्याम सापकोटा नेपाली कांग्रेसका सभापति कोइरालाको अप्रत्यासित तथा असमाहिक निधनले स्तब्ध हुनु भएको छ । यसमा गहिरो दुःख समबेदना व्यक्त गर्दै यो खबरले पार्टी, मुलुक तथा लोकतान्त्रिक पद्दतिमा अगाडी बढ्दै गरेको मुलुकलाई ठूलो क्षति पुगेको बताउनुभयो । कोइरालाको निधन पश्चात आफू तथा संस्था नै स्तब्ध रहेको जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सन्तोष जोशी, स्पेनका अध्यक्ष सालिकराम डुम्रे तथा स्विजरल्याण्डका निबर्तमान अध्यक्ष गुणराज शर्माले सामाजिक संजाल मार्फत दुख ब्यक्त गर्नु भएको छ ।















प्रतिक्रिया