
वैचारिक भिन्नता, उच्च महत्वाकाँक्षा, धार्मिक उन्माद, आस्थाको विभेद र तीब्र कामवासना मानव मानवका बीच संघर्षका प्रमुख मानसिक तत्व हुन् । यी तत्वहरु मध्ये वैचारिक भिन्नतालाई अझ बढी सक्रिय तत्व मानिन्छ । हुनत एक व्यक्तिको विचार अर्को व्यक्तिसंग पूर्णतया मेल खाँदैन, र विभिन्न कारणहरुले गर्दा मेल खान पनि सक्दैन, तर प्रत्येकका विचारमा अर्काका विचारसंग मिलन हुन सक्ने बिन्दु अवश्य हुन्छ । एउटाको विचार अर्कासंग जुन मात्रामा मेल खान्छ त्यससंग त्यही मात्रामा मेलमिलाप र व्यवहार निर्धारित हुन्छ । जससंग विचार मिल्दैन त्यससंग व्यवहार र सम्बन्धमा मधुरता स्थापित हुँदैन । यो वैज्ञानिक सत्य हो ।
हाम्रो घर परिवार र गृहस्थी एउटा फुलवारी जस्तै हो जसमा थरी थरीका फूलहरु फुलेका हुन्छन् र सबै फूलको हित र अभीष्ट एउटै हुने गर्दछ । फूल र फुलवारीको हित र प्रतिष्ठा अक्षुण्ण रहनको लागि सबैले सहअस्तित्वको सिद्धान्तलाई आत्मसात गरेको हुनुपर्दछ । यो तब मात्र सम्भव हुन्छ जब एक सदस्यको विचार अर्को सदस्यको विचारसंग तादाम्य राख्दछ । यसै कारणले फुलवारीलाई बलियो अधार र प्रतिष्ठा दिनका लागि पहिलेदेखि नै चनाखो हुने हाम्रो परम्परा छ ।
वर कन्याको स्तर र विचारमा भन्दा केही समय पूर्व वैवाहिक सम्बन्धका लागि वर कन्याको वर्ग, राशि, लग्न, गुण, कर्म, घर, वातावरण, आस्था, मूल्य र मान्यता आदि थुप्रै कुराहरुको अध्ययन र मिलान गर्ने गरिन्थ्यो जसमा बाहुन र ज्योतिष सहितको लमीको सहयोग लिने चलन थियो । तर आजको विकाशशील युगमा हाम्रा तमाम मान्यताहरु विसर्जित भएका छन् तैपनि वर कन्याको वैचारिक धरातल र मान्यताहरुमा तादाम्य हुनुपर्दछ भन्ने कुरामा कुनै कमी आएको छैन । विवाह पूर्व वर वधूको परिवेश, निष्ठा र आधारभूत सोच थाह नै नपाई कसैले पनि विवाह गर्न चाहन्न । वर कन्या दुवै पक्ष एक अर्काको मनोभावको भरसक यथेष्ट जानकारी लिन अनिवार्य ठान्दछन् । यो मनोवैज्ञानिक तथ्य भएकोले यसको अवहेलना हुनै सक्दैन ।

अब घर परम्परा र विचार मिलने वर कन्याको खोजीकोलागि टेलिफोन र पत्राचार प्रणाली असक्षम भैसकेको छ र समाचारपत्रहरुमा दिइने विज्ञापनको संक्षिप्तीकरणले विश्वसनीयता घटाएको छ र इन्टरनेटबाट कताकतै मेंट्रोमोनियल सेवाप्रवाह भएको दिएतापनि निम्नतर प्रविधिको प्रयोग, गुणस्तरहीनता र धेरै महँगो सेवा भएको हुँदा वर कन्या को खोजीको क्षेत्रमा निराशा नै छाएको थियो । तर अब यो क्षेत्रमा एकदमै उच्च प्रविधिमा बहुतै सस्तो ‘नेपाली विवाह डट कम’ (WWW.Nepalivivah.com) नामले विश्वसनीय इन्टरनेट सेवा उपलब्ध रहेकोले आफनो रित परम्परा सुहाउँदो वर कन्या चाहने नेपालीहरुका लागि खुशीको कुरा हो । नेपाली विवाह डट कम नामले लोकप्रिय भइरहेको यो सेवा सर्वसुलभ छ र आबका दिनमा अन्य कुनै पनि सेवाले यससंग प्रतिस्पर्धा गर्न सक्दैन । यो विश्वसनीय अनलाइन इन्टरनेट सेवा प्राप्त गरेर देश विदेश जहाँसुकै रहे बसेका नेपालीले आफनो चाहना लाई सफल पार्न सकने बलियो आधार खडा भएको छ । यो लिंकमा गएर आफूलाई चाहिए अनुसार को वर कन्याको विस्तृत विवरण प्राप्त गरेर आफनो विवरण दिएर सम्पर्क गरेर मनोवान्छित फल पाउन सकिने कुरामा कुनै शंका देखिदैन ।















प्रतिक्रिया