२४ कार्तिक २०८३, मंगलबार

सरकारलाई वरिष्ठ नेता देउवाको कडा चेतावनी, अब कांग्रेस चुप लागेर नबस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deubaकाठमाडौँ, २५ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकलौटी र अपारदर्शी काम गरे काँग्रेस चुप लागेर नबस्ने बताउनुभएको छ ।

काठमाडौँ काँग्रेसको जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता देउवाले भन्नुभयो, “काँग्रेस नेतृत्वको सरकारले समयमा निर्णय गर्न नसक्दा प्राधिकरणको नेतृत्व पारदर्शी रुपमा आउन सकेन, भूकम्पपीडितलाई पक्षपात नगरी राज्यले दिने सुविधा दिइनुपर्छ, काखा र पाखाको व्यवहार गरे काँग्रेस चुप लागेर बस्दैन, यसका विरुद्ध लड्छ । ”

संविधान कार्यान्वयन, स्थानीय निकाय, प्रान्तीय र संसदीय निर्वाचन गर्न सक्ने नेतृत्व काँग्रेसले महाधिवेशनबाट दिनुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा लोकतन्त्रको सुदृढीकरणका लागि बहुमत प्राप्त सरकारको आवश्यकता परेको नेता पूर्वप्रधानमन्त्री देउवाले बताउनुभयो ।