२४ कार्तिक २०८३, मंगलबार

पुरानालाई हुत्याउँदै कांग्रेसमा ‘डन’लाई बनाइयो पदाधिकारी, पुराना नेता गुमनाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kavre-Tirtha-Lama-Baleबनेपा, २५ माघ । नेपाली कांग्रेसमा गुण्डागर्दीमा संलग्नले प्रसय पाउनु नौलो कुरा हैन् ।

प्रवेश गरेको छोटो समयमै तीर्थ लामा कांगेसमा क्षेत्रीय सभापति हुँदै सांसद समेत बनेपछि काभ्रेमा कांग्रेसमा गुण्डागर्दीमा संलग्नले प्रसय पाउन थालेका छन् । त्यसको ज्वलन्त उदाहरण हो काभ्रेको क्षेत्रीय तथा जिल्ला अधिवेशनको निर्वाचन ।

सांसद लामा जब काभ्रेमा उदाए त्यसपछि गुण्डाहरु भकाभक कांग्रेस ओतिन आए । संरक्षणको आँडमा उनीहरु यतीबेला कांग्रेसको सक्रिय राजनीति गरिरहेका छन् ।

चर्चित क्यासिने किङ भनेर चिनिएका बले भनिने बलराम सापकोटाले नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी क्षेत्रीय प्रतिनिधीका रुपमा बाल्टिङवाट प्रतिनिधित्व गर्दै आएका थिए । सापकोटाबिरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्धा चलिरहेको छ ।

केही बर्षअघि पाटी सभापति सुशील कोइरालाको हातबाट टिका लगाउँदै कांग्रेसमा आएका ‘स्याल’ भनिने संजिव लामाले महासमिति सदस्यमा उम्मेदवारी दिएका छन् । उनले काभ्रे कांग्रेसका सभापतिसहितका पुराना नेताहरु बिरुद्धनै उम्मेदवारी दिएका हुन् । क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएपछि उत्साहित बनेका उनले महासमिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।

लामा काठमाडांैमा होटल तथा रेष्टुरामा हप्ता उठाउने भन्दै केही समयअघि प्रहरीले मुद्धा समेत चलाएका व्यक्ति हुन् । प्रहरीले उनलाई टोले गुण्डाको रुपमा सूचीकृत समेत गरेको थियो ।

काभ्रेमा जन्मेर काठमाडौमा बसेर गुण्डागर्दी गर्ने युवाहरुलाई कांग्रेस, एमाले, एमाओवादीले पछिल्लो समय राजनीतिमा सक्रिय बनाउन थालेपछि पुराना नेताहरु ओझेलमा परेका छन् ।