३० आश्विन २०८३, शुक्रबार

लस एन्जल्समा तेस्रो साहित्यिक शृंखला सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Los-Angels

– राखी गौचन
लस एन्जल्स । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एञ्जलस च्याप्टरले आफ्नो मासिक साहित्यिक शृंखला अभियान अन्तर्गत हिजो राम लामाको निवासमा तेस्रो साहित्यिक शृंखला सम्पन्न गरेको छ ।

कार्यक्रममा शान्तिराम ढकाल, तिलक कार्की, राम लामा, सुशिला पाण्डे, पुरुषोतम ढकाल, इन्दिरा त्रिपाठी, राखी गौचन, डन कार्की र सुधव श्रेष्ठले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।

आफ्नो समयानुकुल नभएको कारणले राजन अधिकारीले पठाएको भूकम्प शीर्षकको कविता राम लामाले पढेर सुनाएका थिए ।

हराएको कविता, हाम्रो देश/मेरो देश, गजल, कल्पनाका डुबुल्किहरु, नलेखिएको चिट्ठी, बेमतलवका घरहरू, गुम्सिएका भावनाहरू, भूकम्प जस्ता समसामयिक विषयमा केन्द्रित रही आ–आफ्ना रचना वाचन गरिएको थियो ।

अध्यक्ष शान्तिराम ढकालले प्यालेस्टाईनी कवि असरफ फायदलाई साउदी अरेबियामा मृत्युदण्ड सजाय दिएर अन्तर्राष्ट्रिय स्तरमा विरोध भएपछि मृत्युदण्डको सजाय हटाएर जेलनेलको सजाय अझै कायम रहेकोमा विरोध गर्नुको साथै उनको बारेमा कविता समेत प्रस्तुत गरेका थिए ।

साहित्यिक कृतिको वाचन पश्चात् राम लामाको रचना तथा गायक यम बरालको स्वर रहेको गित बजाई सुनाइएको थियो भने राखी गौचनको रचना गरेको स्वयं कम्पोज गरिएका गीतहरु गाएकी थिइन ।

नेपाल अमेरिका टेलिभिजन, रेडियो हिमालय, ग्लोबल नेपाली रेडियो तथा युएसखबर अनलाइन रेडियो समेतले यस कार्यक्रमलाई विश्वब्यापी रूपमा प्रचार प्रसार गर्ने जानकारीले कार्यक्रमको आकर्षण थपिएको छ ।

संस्थाले मार्च महिनामा हुने चौथो साहित्यिक शृंखला डन कार्कीको निवासमा गर्ने निर्णय गरेको छ ।