२४ कार्तिक २०८३, मंगलबार

राजेन्द्र महतोलाइ माफी माग्न निर्देशन, मधेसी मोर्चाको गोप्य बैठक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madesi-morcha-638x330काठमाडौं, २५ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई माफी माग्न निर्देशन दिएको छ ।

भक्तपुरस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको निवासमा आज बसेको गोप्य बैठकले महतोलाई माफी माग्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

महतोलाई मधेस आन्दोलनलाई धोका दिएको भन्दै बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जोडदार रुपमा कुरा उठाएपछि आत्मसमीक्षा गर्ने आग्रह गरेको स्रोतको भनाइ छ ।

जिम्मेवार नेता भएर पनि आन्दोलन तुहाउन महतोले संकास्पद भूमिका देखिएकोभन्दै सार्वजनिक रुपमा माफी माग्न बैठकले निर्देशन दिएको जनाइएको छ । महतोको हर्कतले आन्दोलन कमजोर बनेको मधेसी मोर्चाको यादवले कुरा उठाएको जनाइएको छ ।

महतोलाई माफी माग्न मधेसी मोर्चाले निर्देशन दिएको विषयमा शीर्ष नेतृत्वले औचापरिक रुपमा केही बताएको छैन ।

‘वीरगञ्ज नाका खुल्नु पर्ने सन्दर्भमा राजेन्द्र महतोले विराटनगरमा दिएको गैर जिम्मेवार अभिव्यक्ति र अप्रत्यक्ष सहयोगले वीरगञ्ज नाका खुलेको मोर्चाले निष्कर्ष निकालेको छ’, मधेसी मोर्चा उच्च स्रोतले भन्यो, ‘महतोजीलाई सच्चिन मधेसी मोर्चाले मौका दिन चाहेकोले सार्वजनिक रुपमा माफी मागेर आफ्नो गल्ति सुधार्न निर्देशन दिइएको छ ।’

वीरगञ्ज घटनाका विषयमा सद्भावना पार्टीका अध्यक्ष महतोले अटेर गरेर माफी नमागे कडा कारबाही गर्न आफूहरू बाध्य हुने ती नेताले बताए । ‘राजेन्द्रजीले माफी माग्नु भएन भने मधेसी मोर्चाबाट कारबाही गरेर निकाल्नुभन्दा अर्को विकल्प छैन’, स्रोतले भन्यो ।

बैठकमा माफी माग्ने वा नमाग्ने विषयमा अध्यक्ष महतोले स्पष्ट रुपमा कुनै पनि प्रतिक्रिया दिएनन् । ‘बैठकमा महतोजीले चित्त बुझ्दो प्रष्ट जवाफ दिन सक्नु भएन’, स्रोतले भन्यो ।

महतोले वीरगञ्ज नाका खुल्नु पर्ने अभिव्यक्ति दिनु, त्यसको भोलिपल्टै नाका खुल्नु र लगत्तै प्रधानमन्त्री केपी ओली तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले महतोलाई बधाई दिएपछि उहाँहरुबीच प्रष्ट कनेक्सन देखिएको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले कुरा उठाएको बुझिएको छ ।