काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका अधिकांश जिल्लाहरुमा आज जिल्ला सम्मेलन सुरु भएको छ । १३औँ महाधिवेशनअन्तर्गत कांग्रेसले आज जिल्ला सम्मेलनको मिति तय गरेको थियो ।
जिल्ला सम्मेलन सबै जिल्लामा हुने कांग्रेसले जनाएको छ । बिवाद र प्राविधिक कारण आज हुन नसक्ने कांग्रेसको महाधिवेशन अर्को दिन गरिनेछ ।
जिल्ला सम्मेलनमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच कडा प्रतिष्पर्धा हुँदैछ । कोइराला र देउवाले केन्द्र र उनीहरुका समर्थकले जिल्ला कार्यसमिति कब्जा गर्न सबै खालका दाउपेच जारी राखेको नेताहरुले बताएका छन् ।
सबै जिल्लाहरुमा दुबै समूहले आआफ्नो अस्तित्व जमाउन उम्मेदवारी दिन लगाएका छन् ।
महाधिवेशन प्रतिनिधमा दुबै समूहका प्रतिनिधिले बराबरी जस्तै जितेका छन् । उनीहरुले आआफ्ना समूहलाई जिताएर जिल्लामा बर्चस्व लिन चाहन्छन् ।












प्रतिक्रिया