७ कार्तिक २०८३, शनिबार

देशभरिका अस्पतालबाट नक्कली डाक्टरहरु धमाधम पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २३ माघ । अरुलाई परीक्षा दिन लगाएर एमबिबिएस उत्तीर्ण गरेका नक्कली चिकित्सकहरु देशभरिका अस्पतालमा कार्यरत रहेको खुलेको छ ।

काठमाडौं तथा तर्राका विभिन्न अस्पतालमा कार्यरत १३ जना त्यस्ता नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट बनाउने, त्यसको आधारमा चीनमा एमबिबिएस पढ्ने र नेपालको लाइसेन्स परीक्षमा अरुलाई जाँन दिन लगाएर पास गरेर डाक्टर हुनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पक्राउ पर्नेहरुमा धरैजसो नवलपरासीदेखि झपासम्मका अस्पतालमा कार्यरत चिकित्सकहरु छन् । पक्राउ परेका चिकित्सकको एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट रहेको खुलेको छ ।