७ कार्तिक २०८३, शनिबार

नाका खुल्यो, तर घोषणा हुन बाँकी, फेरि धर्ना बस्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birjingवीरगञ्ज, २३ माघ ।

१३५ दिनपछि नाका सञ्चालन

  • बन्द भएको १३५औँ दिनमा वीरगन्ज नाका सुचारु भएको छ । मितेरी पुलमा गाडिएको टेन्ट नेपाल र भारतका व्यापारीको समूहले भत्काएपछि नाका सञ्चालनमा आएको हो । ७ असोजदेखि बन्द नाका शुक्रबार मध्याह्न १२ बजेतिर खुलेको छ । व्यापारी र स्थानीयले धर्नास्थलका टेन्ट भत्काएर जलाएका छन् ।
  • नाका खुलाउनेमा नेपालीभन्दा भारतीय व्यापारीको संख्या धेरै थियो । तर, आन्दोलनकारी थोरै भएकाले कुनै प्रतिरोध गरेनन् । ‘केही मान्छे आएर तोडफोड गरे,’ धर्नास्थलमा भेटिने रमतुल्लाह खानले भने, ‘नेतालाई फोन गर्दै थियौँ, उनीहरूले आगो लगाइदिए अनि हामी यता वीरगन्जपट्टि आयौँ ।’ अवरोध हटेपछि यातायात सुचारु भएको छ ।
  • फेरि बन्द गराउने र खुला राख्न खोज्ने दुई समूहका कारण नाकामा दिनभरि तनाव थियो । तर, साँझदेखि शान्त रूपमा सुचारु भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दुई समूहमा बाँडिए आन्दोलनकारी मोर्चाका नेता र स्थानीयबीच विवाद

  • झन्डै साढे पाँच महिनादेखि सागै आन्दोलन गरेका मधेसी मोर्चाका स्थानीय नेता–कार्यकर्ता नाका खोल्ने क्रममा विभाजित भए । मध्याह्न नाका खुलेपछि फेरि अवरोध गर्न तमलोपा र संघीय समाजवादी फोरमका स्थानीय नेता–कार्यकर्ता पुगेका थिए । तर, राजेन्द्र महतो र शरत्सिंह भण्डारीका कार्यकर्ताले विरोध गरे । तमलोपा र फोरमका कार्यकर्ताले नाकाबन्दीको पक्षमा नाराबाजी गरे, तर अन्य मधेसी दलका कार्यकर्ताले नाकाबन्दीको विरोध गर्दै स्थानीय र व्यापारीको पक्ष लिए । उनीहरूले अवरोध गर्न पुगेका तमलोपाका महामन्त्री जितेन्द्र सोनलविरुद्ध नाराबाजी गरेका थिए । विवाद बढ्दै गएपछि सोनल नाकाबाट फर्किए ।

प्रहरी र तस्करले हस्तक्षेप गरेको आरोप फेरि धर्ना बस्ने मोर्चाको चेतावनी

  • तमलोपा महामन्त्री जितेन्द्र सोनलले पुन: नाकामा धर्नामा बस्ने चेतावनी दिएका छन् । ‘धर्नाकारीलाई जबर्जस्ती हटाइएको छ, हामी फेरि बस्छौा,’ उनले भने । मोर्चाको जनपरिचालन समिति पर्साका संयोजक प्रदीप यादवले पनि फेरि धर्नामा बस्ने बताए । ‘जनताको आन्दोलनमा तस्कर र प्रहरी मिलेर गरेको हस्तक्षेप सह्य हुँदैन,’ उनले भने, ‘जनतालाई लिएर फेरि बस्छौँ ।’
  • उता, प्रहरी भने यातायातको चाप व्यवस्थित गर्न थालेको छ । रक्सौलमा रोकिएका मालबाहक ट्रक, डम्पर, ट्रयाक्टर, कन्टेनरलगायतका सवारीसाधनलाई व्यवस्थित रूपमा आ–आफ्नो गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले आवागमनमा कुनै समस्या नभएको बताए ।