७ कार्तिक २०८३, शनिबार

राज्य र जनता ठग्ने एनसेललाई कर लगाउन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncellकाठमाडौं, २२ माघ । मुख्यसचिव ड सोमलाल सुवेदीले अर्थसचिव लोकदर्शन रेग्मीलाई एनसेल खरिदबिक्रीका विषयमा कर लगाउन भन्दै पत्राचार गरेका छन् ।

मुख्यसचिव सुवेदीले गत सोमबार अर्थसचिवलाई पत्र पठाउँदै राष्ट्रहितका विषयमा निर्णय लिन निर्देशन दिएका छन् ।
एनसेल खरिदबिक्रीका विषयमा विभागीय मन्त्री विष्णु पौडेल तथा सचिव रेग्मीले अहिलेसम्म केही धारणा बाहिर ल्याएका छैनन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘एनसेल खरिदबिक्रीबारे विभिन्न धारणा बाहिर आएका छन्,’ मुख्यसचिव सुवेदीको पत्रलाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘बिक्रीको विषयमा निर्णय गर्दा प्रचलित कानुनको पालना तथा राष्ट्रहितलाई प्रमुखताका साथ प्राथमिकता दिनुपर्नेछ ।’

मुख्यसचिवको पत्रपछि एक्सिएटाले मागेअनुसारको पूर्वादेश जारी गर्न आन्तरिक राजस्व विभागलाई कठिन भएको छ ।