७ कार्तिक २०८३, शनिबार

नाकाको टेन्टभित्रका धर्नाकारी मान्छे कता बेपत्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birganja Nakaवीरगञ्ज, २२ माघ । बाराको पडकिया ५ निवासी साधु वैजुदास त्यागी नेपालकै लाइफलाइन बन्द गर्ने वीरगञ्ज नाकामा धर्ना दिने एक्ला प्रदर्शनकारी हुन् ।

संविधानविरुद्ध आन्दोलनको घोषणा गर्दै गत ७ असोजदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको धर्नामा कार्यकर्तासमेत आउन छाडेपछि उनी एक्ला प्रदर्शनकारी बनेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

आन्दोलनमा जनताले साथ नदिँदा वीरगञ्ज रक्सौल नाकाको मितेरी पुल यतिबेला सुनसान छ ।

मधेसी मोर्चाले नाका बन्द गर्न पुलमा गाडेको टेन्टभित्र कुनै प्रदर्शनकारी छैनन् । वीरगंज रक्सौल जोड्ने मितेरी पुलमा यतिबेला टेन्टले मात्र नाकाजाम गिररहेको छ ।