७ कार्तिक २०८३, शनिबार

यी हुन् कर्तव्य ज्यानका दोषी कांग्रेसी नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress CNकाभ्रे, २१ माघ । फौजदारी अपराधमा कैद सजाय भोगेका नेपाली कांग्रेस काभ्रेका नेता शुन्दरमणि आर्चाय क्षेत्रीय सभापति हत्याउन लागिपरेका छन् ।

हाल जिल्लाको ४ नम्वर क्षेत्रका सभापति रहेका आर्चायलाई पुनराबदेन अदालत पाटनले कर्तव्य ज्यान मुद्दामा एक वर्षको कैद सजाय हुने फैसला गरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

२०६० मा काठमाडौं बानेश्वरका गुण्डा नाइके महिन्द्र खड्कालाई अर्का गुण्डा नाईके टि–मिलनको समूहले छुरा रोपेर हत्या गरेको थियो ।

खड्काको बानेश्वरस्थित एभरेष्ट होटलमा रहेको ग्यालेक्सी डिस्कोमा हत्या भएको थियो । हत्यापछि अभियुक्तलाई भगाउन मूख्य भूमिका खेलेको अभियोग आर्चायमाथि लागेको थियो । उक्त अभियोेगमा जिल्ला अदालत काठमाडौंले आर्चायलाई सफाई दिएको थियो ।

तर, जिल्लाको फैसला उल्टाउँदै दुई बर्ष अघि पुनराबेदन अदालतले आर्चायलाई एक बर्ष कैद हुने फैसला सुनाएको हो । पुनराबेदनको उक्त फैसला अन्यायपूर्ण भएको र सफाई पाउँनु पर्ने जिकिर गर्दै सो फैसला बिरुद्ध आर्चाय सर्बोच्च अदालत पुगेका छन् ।

तर, सर्बोच्चमा उक्त मुद्दा बिचारधिन अबस्थामा रहेको छ । पुनराबेदनको फैसला सर्बोच्च अदालतले सदर गरेको खण्डमा आर्चायको राजनीति समाप्त हुने कानून व्यवसायीहरु बताउँछन् ।

जिल्लाका कार्यक्रममा समते आर्चायले टोले गुण्डाहरु बोकेर हिड्ने गरेको आरोप लाग्दै आएको छ । जिल्लामा कांग्रेस सभापति शिव हुमगाइँ निकट आर्चायलाई गुण्डाका संरक्षकका रुपमा समेत लिने गरिन्छ ।

गत वर्ष काभ्रेको पाँचखालमा भएको एक कार्यक्रममा आर्चाय निकट गुण्डाहरुले घरेलु हतियारको प्रदशन गरेपछि उनीहरु प्रहरीको फन्दामा परेका थिए ।

पाँचखालमा सर्बसाधारणलाई हतियार देखाएको खबर काभ्रे प्रहरी कार्यलयमा पुगेपछी प्रहरीले गुण्डाहरुलाई चेकपोष्ट खडा गरी हतियार सहित नियन्त्रणमा लिएको थियो ।