७ कार्तिक २०८३, शनिबार

यस कारण बनाउन चाहन्छ चीनले काठमाडौंमा चाइना टाउन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china.jpgकाठमाडौं, २० माघ । चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैया (३ बिलियन युआन) लगानी ‘चाइना टाउन’ निर्माणका लागि अनुमति मागेको छ ।

सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक)ले काठमाडौंलाई औद्योगिक सहर बनाउन दुई वर्षभित्र निर्माण सक्ने गरी परियोजना प्रस्ताव गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने परियोजना प्रस्ताव एरेकले साताअघि नै काठमाडौं महानगरपालिकामा बुझाएको हो ।

करिब ४९८ अर्ब ९५ करोड नेपाली रुपैया खर्च हुने भनिएको परियोजनाको लगानी अवधि ६ महिना मात्र छ ।