७ कार्तिक २०८३, शनिबार

मोदीलाई छाडेर मधेसी मोर्चा लालु र नीतिशतिर लागे, बिहारले सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaकाठमाडौं, १९ माघ । भारत बिहारका मुख्यमन्त्री नीतिशकुमार र सत्ता गठबन्धनका अर्का नेता एवं पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले नेपालमा आन्दोलनरत मधेसी मोर्चाले गर्ने कुनै पनि आन्दोलनका सबै प्रकारका सहयोग र सद्भाव राख्ने आश्वासन दिएका छन् ।

बिहारको सत्ताधारी गठबन्धनको समर्थनमा हुने मोर्चाको आगामी आन्दोलनले नेपाल सरकारमात्र नभएर भारतीय जनता पार्टीको नेतृत्वमा रहेको केन्द्रीय सरकार र दुई देशबीचको सम्बन्ध समेत तनाव हुने संकेत दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मुुख्यमन्त्री नितिश र राष्ट्रिय जनता दलका नेता लालुसँगको छुट्टाछुट्टै भेटबार्तामा मधेसी मोर्चाका नेताले आगामी आन्दोलनमा सहयोग पाउने आश्वासन पाएको दाबी सम्बद्ध स्रोतले गरेको छ ।

बिहारको मुजफ्फरपुरमा राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशनारायण सिंहले आयोजना गरेको एक कार्यक्रमबाट फर्कने क्रममा सोमबार मधेसी मोर्चाका शीर्ष नेताहरु संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, र तमसपा अध्यष महेन्द्रप्रसाद यादवले नितिश र लालुसँग भेटवार्ता गरेको जानकारी सद्भावना पार्टीका महामन्त्री मनीषकुमार सुमनले दिए ।