७ कार्तिक २०८३, शनिबार

यस कारण कोरियाले एक हजार नेपाली कामदारको नाम हटायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaकाठमाडौं, १९ माघ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया जानका लागि योग्य सूचीमा रहेका मध्ये १ हजारको नाम हट्ने भएकोे छ ।

सन् २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको रोस्टर अबधि २ वर्ष पुगेकाले नाम हट्न लागेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

सन् २०१३ मा उत्तीर्णमध्ये करिब हजार कामदारको अझै पनि श्रम सम्झौता आइनसकेकाले कोरिया जाने सूचीबाट हट्न सक्ने सम्भावना रहेको इपीएस कोरिया शाखाले जनाएको छ ।

सूचीबाट नाम कोरियाको मानव संशाधान विभागले हटाउनेछ । ती कामदार २ वर्षदेखि कोरिया जाने पर्खाइमा छन् । रोस्टरबाट हट्नेमध्ये कृषि क्षेत्रमा उत्तीर्णहरु हुन् ।

कृषि क्षेत्रमा नेपालीको न्यून माग छ । सने २०१३ मा ८ हजार ५१ कामदार उत्तीर्ण भएका थिए ।