
मस्कट (ओमान), १८ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले साउदी अरब र इरानबीच पछिल्लो समयमा देखिँदै आएको तनाव साम्य गर्न दुवै देशका अधिकारीलाई मध्यमार्गी बाटो अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।
मध्यपूर्वका यी दुई क्षेत्रीय प्रतिस्पर्धीबीच देखिएको तनाव अन्त्य गर्न दुवै देशले सम्झौता गरी दुवैको जित हुने बाटोबाट अघि बढ्न आग्रह गर्नुहुँदै सोमबार ओमान भ्रमणका बेला भन्नुभयो, वास्तविकता र जिम्मेवारीलाई पूरा गर्न सम्झौताद्वारा वर्तमान तनावको अन्त्य गर्न संयुक्त राष्ट्रसंघ आग्रह गर्दछ । उक्त अवसरमा उहाँले इरानले हालैको आणविक सम्झौतापश्चात मध्यपूर्वमा थप जिम्मेवार बनी अघि बढ्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
महासचिव बानको ओमान भ्रमणका क्रममा उच्चपदस्थ ओमानी अधिकारीहरुसँग भेट गर्नुहुने बताइएको छ ।
लामो समयदेखि इरान र साउदी अरबबीच रहेको विवाद गएको महिना साउदी अधिकारीले सिया समुदायका एक प्रभावशाली धर्मगुरुलाई फाँसी दिइएपछि उनीहरुबीच थप समस्या उत्पन्न भएको छ । रासस/एपी















प्रतिक्रिया