३० आश्विन २०८३, शुक्रबार

बेलायतको प्रमुख दल लेबोर पार्टीको उम्मेदवार छनोट बोर्डमा पहिलोपटक नेपाली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiv-Jiलण्डन, १८ माघ । बेलायतको लेबोर पार्टीको उम्मेदवार छनोट बोर्डमा पहिलोपटक नेपाली मुलका नागरिक मनोनित भएका छन् ।

बिदेशमा नेपालीहरुको बढ्दो उपस्थिति संगसंगै बिभिन्न पेशामा त्यहा स्थापित हुने क्रममा बिभिन्न देशको स्थानीय राजनीतिमा पनि नेपालीहरुको बलियो उपस्थिति देखिन थालेको छ ।

बेलायतमा पनि अहिले स्थानीय राजनीतिमा नेपालीहरुले निर्वाचन नै जितेर अगाडी आइसकेका छन् । सन् २००७ मा पुर्ब गोर्खा सैनिक धन गुरुङले लिब डेम पार्टीबाट काउन्सिलरमा निर्वाचित भएर शुरु भएको यो अभियानमा अहिलेसम्म नेपालीहरु डेपुटी मेयरसम्म बनिसकेका छन् ।

बिगतमा आफ्नै नेपाली संघ तथा नेपाली राजनीतिक संस्थाहरुमा मात्रै सिमित नेपाली डायस्पोरा फरक सोंचका साथ् अगाडी आउनुलार्इ सकारात्मक रुपमा लिइएको पाइन्छ । यसै क्रममा अझ एक कदम अगाडी बढेर नेपाली पनि उम्मेदवार छनौट बोर्डमा नै छानिएका छन् ।

बिगत सन् २०१० देखि बेलायतको लेबोर पार्टीमा संलग्न शिवजी श्रेष्ठ भर्खरै बेजिंगस्टोक लेबोर पार्टीको स्थानीय काउन्सिलरका उम्मेदवार छान्ने छनौट बोर्ड सदस्यमा मनोनित भएका छन् ।

वेल्समा हुँदा स्थानीय लेबोर पार्टीको मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक लेबोर पार्टीको ब्लाक एशियन एथ्निक माइनोरिटी अफिसर (Black Asian Ethnic Minority Officer) (प्रमुख)को रुपमा कार्यरत छन् भने त्यहि (BAEM) को प्रमुखको हैसियतले उनी छनौट बोर्डमा छानिएका हुन् ।

जसको मुख्य कार्य आगामी स्थानीय निर्वाचनमा लेबोर पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने हो ।