काठमाडौं, १८ माघ । गत शनिबार साँझ कांग्रेस सभपाति सुशील कोइरालाले अचानक आफ्ना निकटस्थ दुई जना कानुन व्यवसायीलाई बोलाए ।
उनीहरू पुग्नासाथ हालखबरसमेत नसोधी उनले भने, ‘ल महाधिवेशन तुरुन्त स्थगित गर्नुपर्ने भयो । कसरी सकिन्छ भन्नोस् ?’
पार्टी विधान र मुलुकको संविधानले समेत अब महाधिवेशन रोक्न नसक्ने सुझाव उनीहरूले दिएपछि जंगिदै कोइरालाले भने, ‘के उसो भए अब पार्टी देउवालाई बुझाउने त ? पार्टी बर्बाद हुन्छ, यस्तो काम गर्न म कसरी सक्छु ?’ मानिसिक सन्तुलन नै गमेको मान्छे जरी सुशील बर्बराउन थालेपछि उनीहरू पनि उठेर हिँडे ।
शुक्रबार र शनिबार देखभरका करिब तीन हजार गाविस र नगरका चार हजार वडामा भएको अधिवेशनबाट को बलियो र को कमजोर भन्ने आंकलन गर्न सकिने स्थिति छैन ।
समग्रमा कोइराला पक्षको स्थिति बाहिर चर्चामा आएजस्तो साफै भएको पनि होइन । आजको तरुण साप्ताहिकले समाचार छापेको छ ।
तर गृहजिल्ला बाँकेमा आफ्नो पक्ष पूरै बढारिएका कारण सभापति कोइराला यसरी आत्तिएका हुन् ।
आफ्नो जिल्ला बाँकोबट आफूलाई २० प्रतिशत मत पनि नआउने स्थिति बनेपछि सभपाति कोइराला महाविधेशनबाट भाग्ने सम्भावना पनि त्यत्तिकै छ ।
प्राप्त विवरणअनुसार उनकी भाइबुहारी किरण कोइरालाकी दाहिने हात मानिने महिला संघकी जिल्ला अध्यक्ष नारायणी रुपाखेती बुथ कमिटीमै हारेकी छन् ।
दुई कार्यकाल जिल्ला सभपाति भइसकेका ओमजंग राणा जिल्लामा कोइरालाको दाहिने हातका रुपमा चिनिन्थे । उनले पनि बुथमै हारेका छन् । कोइरालाका अर्का सहयोगी पूर्व सांसद कैलाशनाथ कशौधनले पनि बुथ प्रतिनिधिमा उम्मेदवार बन्न प्रस्तावक र समर्थक समेत पाएनन् ।
नेपालगञ्ज उपमहानगर सभपाति पदमा देउवा पक्षका प्रशान्त विष्ठ ८० प्रतिशत मत ल्याएर सपभाति पदमा निर्वाचित भएका छन् ।















प्रतिक्रिया