१ कार्तिक २०८३, शनिबार

रसियालाई नेटोको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

netoब्रसेल्स, १७ माघ । नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ ।

रसियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ ।
यसै समाचारको पृष्ठभूमिमा हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको समाचारमा जनाइएको छ ।

नेटोका महासचिव जेन्स स्टल्ट्बर्गले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा भन्नुभएको छ– टर्कीको बारम्बारको आग्रहको बेवास्ता गर्दै रसियाले टर्कीको आकासमा शनिबार युद्धक बिमान उडाएको छ ।

उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ– बिगतमा पनि रसियाले यस्तै व्यवहार गर्दै टर्कीको आकासमा बिमान उडाएको छ र अफ्नो हवाई नियमको उल्लङ्घन गरेको छ ।

विगतमा पनि टर्कीको आकासमा उडाएको भनिएको रसियाली विमानलाई टर्कीले खसालिदिएको थियो ।

सिरियामा हमला गर्ने निहूँमा सो क्षेत्रमा जाने गरेका रसियाली विमानहरुले टर्की प्रवेश गर्ने गरेको टर्कीको भनाई छ ।

महासचिव स्टल्टबर्गले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन तथा अङ्कारा र मस्कोलाई सिधा सम्पर्क गरी फोनवार्ता गर्न पनि आग्रह गर्नुभएको बताइएको छ ।

टर्कीको विदेशमन्त्रालयले शनिबार टर्कीका लागि रसियाली राजदूतालाई बोलाएर यस विषयमा स्पष्टीकरण समेत लिएको थियो ।

सिरियामा आइएसको उपस्थिति देखिएको भन्दै उनीहरुको कारबाहीका लागि रसिया र अमेरिकी विमानले सिरियामा हवाई हमला गर्न थालेपछि रसियाली विमान टर्कीतर्फ पनि प्रवेश गर्न थालेका छन् ।

यस घटनाको विरोध गर्र्दै आफ्नो सदस्य राष्ट्र रहेको टर्कीको पक्षबाट नेटोले बारम्बार रसियालाई चेतावनी दिँदै आएको छ । रासस÷एएफपी