१ कार्तिक २०८३, शनिबार

भारतमा थप तीन जनालाई फाँसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fasi-finalकोलकात्ता, १७ माघ । भारतीय एक अदालतले एक विद्यार्थीको हत्या र सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा शनिबार मृत्युदण्ड को सजाय दिइएको थियो ।

गएको बिहीबार उनीहरुलाई सन् २०१३ मा आफ्नो परीक्षामा सामेल भई घर फर्किने क्रममा २१ वर्षीया एक युवतीलाई पूर्वी पश्चिम बङ्गाल राज्यमा सामूहिक बलात्कार गरिएको र उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।

न्यायाधीश सचिता सरकारले उनीहरुमाथि फैसला सुनाउँदै युवतीमाथि बलात्कार गर्ने अपराधीलाई मृत्युदण्डको सजाय सुनाएको बताउनुभयो ।

घटनामा संलग्न अन्य तीन जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । रासस/एएफपी