७ कार्तिक २०८३, शनिबार

चीनलाई अमेरिकाले दियो कडा चुनौति, युद्धको खतरा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-xi-ping

एजेन्सी । संयुक्त राज्य अमेरिकाको युद्ध जहाजले विवादित दक्षिण चीन सागरमा शनिबार गस्ती गरेको छ । उक्त क्षेत्र चीन, ताइवान र भियतनामले आफ्नो जलक्षेत्र भएको दाबी गर्दै आएको भाग हो । त्यस जलक्षेत्रमा उनीहरुको दाबीलाई चुनौती दिन अमेरिकी युद्धक विमानले गस्ती गरेको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकालगायत अन्य देशको त्यस क्षत्रेमा अधिकार नभएको उनीहरुको अडान थियो ।

अमेरिकाको उक्त विरोध चीनप्रति लक्षित भएको वाल स्ट्रिट जर्नलले जानकारी दिएको छ ।

चीन र उसका दुई छिमेकी मुलुकले दाबी गर्दै आएका दक्षिण चीन सागरमा रहेका क्षेत्रमा अमेरिकी युद्धक विमानले गस्ती गरेको पुष्टि गर्दै चीनलाई चुनौती दिएको अधिकारीले बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।