
धरान । कांग्रेसको धरान उपमहानगरपालिकाको निर्वाचनमा कार्यकर्ताबीच झडप भएको छ ।
संस्थापन पक्ष र देउवा पक्षबीच झडप भएपछि छुट्याउन गएको प्रहरीमाथि खुकुरी प्रहार हुँदा प्रहरी हबल्दार जीत बहादुर बराईली र जवान सुरज कुमार साह घाइते भएका छन् । बराईलीको दाहिने खुट्टामा खुकुरीले काटेको छ ।
भने साहको खुट्टा, छाती र शरिरका विभिन्न भागमा चोट लागेको छ । दुवैको बिपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । संघीय समाजवादी फोरम छोडेर केही महिनाअभि कांग्रेस प्रवेश गरी देउवा समूहमा लागेका अजय राई र बरुण राईको समूह र संस्थापन पक्षका तरुण दल सुनसरीका उपसभापति सन्तोष विक र सेते राईको समूहबीच वडा नम्बर १७ को उदय सामुदायिक वनको मतदान केन्द्रमा झडप भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया