७ कार्तिक २०८३, शनिबार

नेपालीलाई पनि जिका भाइरसको खतरा, के-हो खतरनाक जिका ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Zika-Virus
काठमाडौं, १६ माघ । जिका भाइरसले अमेरिका लगायत विश्वका थुप्रै मुलुकमा समस्या ल्याइरहेको अबस्थामा नेपाल पनि जोखिमको सूचीमा परेको छ।
नेपालमा पनि विभिन्न मुलुकका मानिसहरु आवातजावत गर्ने मुलुक भएकाले समयमै सुरक्षा अपनाउनु बुद्धिमानी हुने भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सुरक्षाका लागि सतर्कता अपनाउन भनेको छ। साथै जनचेतनामुलक कार्यक्रममा सरिक हुन समेत सो संगठनले सुझाब दिएको छ।
विश्व स्वास्थ्य संगठनले अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएसँगै अमेरिकालगायत अन्य मुलुकमा जोखिममा रहेका गर्भवती नेपाली महिलालाई नेपाल फर्कन आग्रह गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जिका भाइरसको संक्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवती महिलालाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन नेपाली दूतावासमार्फत आग्रह गरिएको जानकारी दिए।  नेपाल समाचारपत्र दैनिकमा समाचार छ।