७ कार्तिक २०८३, शनिबार

मलेसियाका कामदारलाई खुसीको खबर ! रोजगारीको अर्काे अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, १६ माघ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई वैध गराई पुन: रोजगारी दिने भएको छ। गैरकानुनी आप्रवासी कामदारलाई वैधता (श्रम स्वीकृति) पछि पुन: रोजगारी दिने कार्यक्रम लागू गरिने प्रधानमन्त्री नाजिबले बताएका छन्।
सरकारी संचारमाध्यम बर्नामाका अनुसार बिहीबार सन् २०१६ को संशोधित बजेट भाषणमा बोल्दै अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री नाजिबले औद्योगिक क्षेत्रमा भएको माग पूर्ति गर्न र सुरक्षाका हिसाबले पनि गैरकानुनी कामदारको खोजी गर्नका लागि अवसर दिन लागिएको उल्लेख गरे। यो कार्यक्रम लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले वैधानिकता लिएर रोजगारी गर्न पाउनेछन्।
गैरकानुनी कामदारका लागि सुवर्ण अवसर मानिएको यो कार्यक्रम कहिलेदेखि सुरु हुने हो भन्ने बारे भने केही खुलाइएको छैन। तर सरकारद्वारा गैरकानुनी कामदार व्यवस्थापनको जिम्मेवारी पाएका कतिपय कम्पनीहरुले भने वैधता कार्यक्रमको आन्तरिक तयारी गरीरहेका छन्। कामदार वैध हुन पूरा गर्नुपर्ने प्रक्रिया एवं शुल्क र समयावधिबारे हालसम्म केहीपनि खुलाइसकेको छैन।
मलेसियाले यसअघि पनि पटकपटक आममाफी एवं बैधानिकता लिने अवसर दिएको थियो। यद्यपी अझैपनि लाखौं विदेशी कामदार गैरकानुनी अवस्थामा रहेको हुनसक्ने अनुमान छ। मुलुकभित्र रहेका गैरकानुनी कामदारको संख्या घटाउन उसले यस्तो कार्यक्रम ल्याएको हो। कान्तिपुर दैनिकमा समाचार छ।