७ कार्तिक २०८३, शनिबार

भारतमा मधेस आन्दोलन र नाकाबन्दीबारे बहस, अझै कडा बनाउन समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag
लदनिया, १६ माघ । मधेसी मोर्चाले ११ बुँदे माग पूरा गराउन ६ महिनादेखि जारी मधेस आन्दोलन र नाका अबरोधबारे भारतको युपी र बिहारमा बहस सुरु भएको छ।
स्थानीय पूर्व विधायक र सत्ताधारी दलका नेताको अगुवाइमा मधेस मुद्दाबारे बहस चलाइएको हो। युपीको सीमाबाट सुरु भएको मधेस आन्दोलनलाई ऊर्जा प्रदान गर्ने कार्यक्रम अहिले नेपाल भारत सीमावर्ती बिहारका सहरमा सञ्चालन भइरहेको छ। यो कार्यक्रमलमा बिहार सहरका नागरिक, यहाँका सत्ताधारी दलका नेता, मधेसीबाट मोर्चाका स्थानीय नेता, कार्यकर्ता र मधेस मुद्दा बोकेर आन्दोलनमा लागेका अन्य दलका नेताको सहभागिता रहने गरेको छ।
‘मधेस आन्दोलनको मजबुती प्रदान करने हेतु’ नारा दिएर भारत नेपाल सद्भाव समिति र भारत–नेपालमैत्री संबाद यात्रा नै गठन भएको छ, सिमापारि। यो समितिको अगुवाई राष्ट्रिय जनता दलका केन्द्रीय उपाध्यक्ष रघुबंशप्रसाद सिंह, समाजबादी पार्टीका बरिष्ठ नेता देबेन्द्र यादव र पप्पु यादवले गरिरहेका छन्। समितिको उदेश्य भनेको मधेस आन्दोलनलाई उचाईमा पुर्‍याएर मधेसको माग सम्बोधन गराउन बल प्रदान गर्नु रहेको भारतीय नेताले भाषणमा भन्ने गरेका छन्।  नागरिक दैनिकमा समाचार छ।