७ कार्तिक २०८३, शनिबार

उपभोक्ताले तेल पाएनन्, निगमका कर्मचारी पौने २ अर्ब बोनस माग्दै सर्वोच्चमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-Nigam
काठमाडौं, १६ माघ । सर्वसाधारणले पेट्रोलियम पदार्थ नपाई हाहाकार भइरहेका बेला नेपाल आयल निगमका कर्मचारीहरुले १ अर्ब ७६ करोड ४७ हजार ७ सय ५७ रुपैयाँ ८ पैसा बोनस पाउन माग गर्दै सर्वोच्च अदालत गुहारेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले कर्मचारीहरुलाई बोनस नबाँड्न पहिले नै पत्राचार गरिसकेको भएपनि निगमका कर्मचारीहरु ठूलो रकम बोनस दाबी गर्दै शुक्रवार सर्वोच्च अदालत पुगेका हुन्।
निगथम अन्तर्गतको कर्मचारी संघका उपाध्यक्ष चन्द्रप्रसाद निरौलाm महासचिव गोपालप्रसाद राई, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका महासचिव सन्दीप बराल तथा कर्मचारहिरु छविलाल अगस्ती, श्यामकृष्ण महर्जन, विकास बखती र देवेन्द्रप्रसाद ओझाले सर्वसाधारणले ग्यास, पेट्रोलियम, डिजेल लगायतका पदार्थ पाउन सास्ती भइरहेका बेला बोनस रकम पाउन सर्वोच्च अदालत पुहारेका हुन्।
ती कर्मचारीले आर्थिक वर्ष २०७१/७२ मा पाउनु पर्ने ९० करोड २५ लाख २८ हजार २ सय ७० रुपैयाँ २० पैसा बोनसबापत पाउनु पर्ने भनी सर्वोच्च अदालतलाई उल्लेख गरेका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।