१ कार्तिक २०८३, शनिबार

टेलिफोनबाट धम्की आएपछि विद्यालय बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Phoneसिड्नी, १५ माघ । अष्ट्रेलियाको न्यु साउथ वेल्स् र भिक्टोरिया राज्यमा टेलिफोनमा आएका चेतावनीपछि विद्यालयहरु बन्द गरिएको छ ।

केही दिनको विदा सकिएर विद्यार्थीहरु विद्यालय फर्केपछि सो चेतावनी आएको बताइएको छ । न्यु साउथ वेल्स्को लगभग सात वटा विद्यालयकमा कैयौ पटक टेलिफोन चेतावनी आएपछि ती बिद्यालयहरु बन्द गरिएको जनाइएको छ ।

न्यु साउथ वेल्स्का प्रहरी प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई बिद्यार्थीहरु अपराह्नमा बिद्यालय फर्किएका जनाएका छन् ।

कुनै व्यक्तिले टेलिफोन गरी विद्यालयमा आतङ्ककारी हमला हुनसक्ने भन्दै जानकारी दिएका थिए । सो समाचारको पुष्टि गर्न प्रहरी अधिकारीहरु लागि परेका पनि बताइएको छ ।

सो घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । न्यु साउथ वेल्स् र भिक्टोरिया अधिकारीहरुले यस टेलिफोन चेतावनी सत्य हो होन भन्ने पुष्टि गर्न सकेका छैनन् ।

पूर्व सावधानी अपनाउने क्रममा विद्यालयहरु बन्द गरिएको भिक्टोरियाका प्रहरी अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा