काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन वितरणमा अनियमितता भएको भन्दै छानबिन भइरहेको बेला नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले फेरि अर्को फुर्ति लगाएका छन् ।
उनले आफूलाई कसैले कारवाही गर्न नसक्ने, जसले कारवाही गर्न खोज्छ उसैलाई ठेगान लगाउने भन्दै घोषणा गरेको त लामो समय नै भयो । इन्धन वितरणमा अनियमितता भएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । छानबिनका लागि उनी पटकपटक आयोग गएका छन् । निगम स्रोतकाअनुसार प्रमुख खड्काले अख्तियारका अनुसन्धान अधिकृतसँग अख्तियारका आयुक्तहरुको भन्दा मेरो शक्ति धेरै भएको भन्दै फुर्ति लगाएका थिए ।
उनले आफूले कुनै अनियमितता नगरेको तर कहीँ कतै यसो मिलाएको भन्दै अनुसन्धान अधिकृतलाई नै थर्काएका थिए । मेरो माथिसम्म सम्पर्क छ, ठूला कुरा नगर्नुस् भन्दै चोर औंलासमेत देखाएका थिए । खड्काको तरिका देखेपछि अख्तियारका अनुसन्धान अधिकृतले ए है, तपाईं पो त्यस्तो मान्छे है भन्दै अनियमितता कहाँ कहाँ गर्नुभयो, लौ अब भन्नुस् न त भनेका थिए । उनले अनुसन्धान अधिकृतको प्रश्नको कुनै जवाफ नै नदिई अटेर गरेका थिए ।
निगमभित्र संस्थागत रुपमा कालोबजारी गरेको, आफूलाई मन परेकालाई जति मागे पनि इन्धन दिने, अरुलाई नदिने उनको प्रवृत्ति कायम छ । थानकोट डिपोलाई कालोबजारीको केन्द्र बनाइएको छ ।
तर, प्रमुख खड्काले अख्तियारभित्रै पुगेर आफू आयुक्तभन्दा ठूलो र जानकार रहेको भन्दै फूर्ति लगाएका थिए । साथमा गएका निगमका एक निर्देशकले जानकारी दिए । जनआह्वान साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया