२९ आश्विन २०८३, बिहिबार

अर्काकी छोरी भगाएर कांग्रेसका यी सांसद फरार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian_woman_smiles

एजेन्सी । देशको सेवा र सुरक्षाका लागि जनताको प्रतिनिधी चुनिएका एक सांसदले गाउँलेकै छोरी भगाएपछि बबाल मच्चिएको छ ।

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका कांग्रेसका सांसद सिद्धार्थ कुमारले एक गाउँलेकी छोरी भगाएर टाप कसेका हुन् ।

हाल विहारमा नितिश कुमार र लालु यादवको महागठबन्धनको सरकार छ । जसमा कांग्रेस पनि सामेल छ । यो घटनाले सरकारलाई धक्का लागेको भारतीय च्यानल आजतकले जनाएको छ ।

बिक्रम विधानसभा क्षेत्रका कांग्रेस सांसद सिद्धार्थ कुमारले विहीबार एक युवतीलाई लिएर फरार भएपछि युवतीका परिवारले मसौढी प्रहरी थानामा उजुरी दर्ता गराएका छन् ।

प्रहरीले सुरुवाती छानविनपछि विहीबारै उजुरी दर्ता गरेको छ । युवतीका परिवारको आरोप छ कि विधायक सिद्धार्थले उनकी छोरीलाई प्रेमजालमा पारेर फकाउँदै भगाएका हुन् । यता प्रहरीले घटना प्रेम-सम्बन्धमा जोडिएको भन्दै जांच गरिरहेको छ ।

यसअघि विहारमा एक सांसदले डाक्टरलाई कुटेपछि बबाल मच्चिएको थियो ।