७ कार्तिक २०८३, शनिबार

एमाओवादीमा चर्काचर्की, गृहमन्त्रीले यसरी थर्काए नारायणकाजीलाई !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-headquqterकाठमाडौं । ‘हेप्ने सीमा हुन्छ, तपाईं सीमा राखेर बोल्नुस् । उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री चलाइसक्नुभएको छ ।

पार्टीको उपाध्यक्ष हुनुहुन्छ । म तपाईंलाई सम्मान र आदर गर्छु,’ गृहमन्त्री शक्तिबहादुर बस्नेतले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई एमाओवादी मन्त्रीहरुको समीक्षात्मक बैठकका क्रममा भने । श्रेष्ठले गृहमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै आत्मालोचना गर्न दबाब दिएपछि बस्नेत कडा रुपमा प्रस्तुत भएका हुन् ।

एमाओवादी सरकारका तर्फबाट सरकारमा सहभागी आठ नेता र स्थायी समितिका सदस्यबीच बैठकमा चर्काचर्की नै भयो । बैठकका बारेमा एक मन्त्रीले भने, ‘उहाँहरुबीच चर्काचर्की भएपछि स्थितिलाई अध्यक्ष प्रचण्डले नै समाल्नुपरेको थियो ।’

गृहमन्त्री बस्नेत बोलिरहेका बेला उपाध्यक्ष श्रेष्ठले आत्मालोचना गर्न दवावसहित प्रतिप्रश्न गरेपछि चर्काचर्की भएको हो । ‘तपाईंका बारेमा जनता र कार्यकर्ताबाट प्रश्न उठिरहेका छन् । त्यसबारेमा तपाईं आत्मालोचना गर्नुस्,’ श्रेष्ठले बस्नेतलाई भनेका थिए । एमाओवादीका मन्त्री र स्थायी समितिको मंगलबारदेखि बसेको समीक्षात्मक बैठक बुधबार पनि जारी रह्यो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।