काठमाडौं, १४ माघ । दोहोरो सुविधा लिईरहेका पूर्व उच्च पदाधिकारीले एक सुविधा छोड्नुपर्ने मन्त्रिपरिषद्को निर्णयपछि मन्त्री र सचिवलाई सुविधा कटौती नगर्न चेतावनी दिएका छन् ।
सामान्य प्रशासनमन्त्री रेखा शर्मा, सचिव टंकमणि शर्मालगायतलाई केही पूर्वपदाधिकारीले टेलिफोनमा धम्की दिएका हुन् । उनीहरुले अदालत गएर सरकारको निर्णय उल्ट्याइदिने चेतावनी दिएका छन् ।
मन्त्री शर्माले केही पदाधिकारीले टेलिफोनमा सरकारको निर्णयप्रति चरम असन्तुष्टि जनाएको बताइन् । ‘धम्क्याएको त नभनौ, तर केहीले चरम असन्तुष्टि जनाउनुभएको चाहि हो’, मन्त्री शर्माले भनिन् ।
सामान्य प्रशासन मन्त्रालयले नया नियुक्ति पाएका र बहाल रहेका पदाधिकारीले एक महिनाभित्र मासिक पारिश्रमिक वा पेन्सनमध्ये एक रोज्न र त्यसको जानकारी निवृत्तिभरण व्यवस्था कार्यालयलाई दिएर अभिलेख राख्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया