काठमाडौं, १४ माघ । बिपी कोइरालादेखि मनमोहन अधिकारीसम्म सामान्यतया दिवंगत नेताका नाममा प्रतिष्ठानहरू छन् । तर, झलनाथ खनाल प्रतिष्ठान जीवित नेताको नाममा रहेको एउटा उदाहरणीय प्रतिष्ठान हो ।
त्यो प्रतिष्ठानका लागि निर्देशिका बनाएरै दिन सकिने भए पनि स्वास्थ्य मन्त्रालयले कानुन मिचेर पैसा दिन थालेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
एक वर्षअघि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो । सर्पदंशको औषधि अनुसन्धान र प्रचारप्रसारका लागि सो प्रतिष्ठानलाई एक करोड ८४ हजार दिने टुंगो लागेको स्रोतले बतायो । प्रतिष्ठानले कर्मचारीको तलब, मसलन्द, घरभाडा, फर्निसिङलगायतमा खर्च गर्न मागेअनुसार तत्काल १० लाख दिने तयारी भएको छ ।
स्वास्थ्य संस्थालाई अनुदान दिने निर्देशिका ल्याउन नदिन दलका नेतादेखि सरकारका उच्च अधिकारीले दबाब दिने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।
सधैँ पैसा लगेर फस्र्योट नगर्ने अस्पताल र सञ्चालकको दबाबमा निर्देशिकाविनै अनुदान वितरण थालिएको स्रोतको भनाइ छ । निजामती कर्मचारी श्रीमती संघले अघिल्लो वर्षको खर्च विवरण पेस नगरी यस वर्ष पनि अनुदान लैजान निवेदन दिएको छ ।















प्रतिक्रिया