१ कार्तिक २०८३, शनिबार

सहयोग माग्दै अमेरिकी विदेशमन्त्री जोन केरी चीनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

john-kerry-arrives-in-seoul-data

बोइजिङ (चीन), १३ माघ । मङ्गलबार चीनको बेइजिङ आइपुग्नुभएका अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाले केही दिन पहिले गरेको हाइड्रोजन बम परीक्षण तथा अन्य आणविक परीक्षणलाई लिएर उत्तर कोरियामा आर्थिक नाकाबन्दी लगाउने कुरामा चीनले पहलकदमी लिन आग्रह गर्ने हुनुभएको छ ।

केही हप्ता पहिले अर्थात् जनवरी ६ मा उत्तर कोरियाले गरेको हाइड्रोजन बम परीक्षणपछि अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्दै आएका छन् यद्यपि उनीहरु यसमा चीनले नेतृत्व दिनु राम्रो हुने बताउँछन् ।

चीन उत्तर कोरियाको प्रमुख कूटनीतिक सहयोगी र आर्थिक शुभचिन्तक रहँदै आएको छ ।

जोन केरीले आफ्ना चिनियाँ समकक्षीलगायत अन्य चिनियाँ नेतासँग भेटी उत्तर कोरियाको आणविक कार्यक्रम, साउथ चाउना सी, मानवअधिकार र नागरिक स्वतन्त्रतासम्बन्धी विषयमा बेइजिङका अधिकारीसँग कुरा गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीले बताए । रासस/एएफपी