
काठमाडौं, १३ माघ । भर्खरै सार्वजनिक एक तथ्यांक अनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ले बुधबार सार्वजनिक गरेको सूचकांकअनुसार सन् २०१५ मा नेपालमा भ्रष्टाचार झन् बढेको पाइएको हो ।
ट्रान्परेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा नेपाल चार स्थान तल खस्किँदै १३०औं स्थानमा पुगेको छ । सन् २०१४ मा १२६ औं स्थानमा रहेको नेपाल यो वर्ष चार स्थान तल झर्दै १३० औं नम्बरमा पुगेको हो । प्रतिवेदनमा १६८ मुलुकमध्ये नेपाल १३० औं स्थानमा रहेको छ ।
कुन देश कतिऔं स्थानमा ?
२७ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । भारत ७६ स्थानमा छ, भने पाकिस्तान ११७, अफगानिस्तान १६६, बंग्लादेश १३९ र श्रीलंका ८३ औं स्थानमा रहेका छन् । डेनमार्क सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलकु बन्दै सूचीको पहिलो स्थानमा रहेको छ भने उत्तर कोरिया र सोमालिया सबैभन्दा अन्तिममा रहेका छन् ।
यी हुन् सबैभन्दा बढी भ्रष्टाचार हुने देश
सबैभन्दा धेरै भ्रष्टाचार हुने १० मुलुक सूचकांकमा सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा पहिलो नम्बरमा सोमालिया परेको छ । यसैगरी धेरै भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया, अफगानिस्तान, सुडान, दक्षिण सुडान, एंगोला, लिबिया, इरान, भेनेजुएला, गुनिबिसाउ र हैटी रहेका छन् ।
पुरा तथ्यांक हेर्न यहाँ क्लिक गर्नुस्ः

















प्रतिक्रिया