१ कार्तिक २०८३, शनिबार

मोदीले फ्रान्सका राष्ट्रपतिको चाकडी गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Francois-hollande

काठमाडौं, १२ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपतिको चाकडी गर्दा विवादमा तानिएका छन् ।

हाल भारतको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति फ्रान्सा ओलान्डसँग चाकडी शैलीको व्यवहार गरेको भन्दै भारतका अधिकांश जनताहरुले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट मोदीको आलोचना गरेका हुन् ।

ओल्याण्ड र मोदीले हात मिलाएको तथा अंकमाल गरेको तस्वीरलाई लिएर उनको आलोचना भएको हो । बाहिर आएका केहि तस्बिरमा मोदी ओल्याण्डसित अस्वभाविक रुपमा टाँसिएको र ओल्याण्ड तर्किन खोजेको देखिन्छ । हात मिलाएका तस्बिरमा पनि ओल्याण्डले मोदीलाई भाउ नदिएको जस्तो लाग्छ ।

Modi-Francois-hollande-1

ओल्याण्डलाई आफ्नो निवासमा स्वागत गर्दा मात्रै होइन, संयुक्त पत्रकार सम्मेलनमा पनि दुई नेताबीच अंकमाल भएको थियो, जसको पहल मोदीले गरेका थिए । राष्ट्रपति भवनमा हात मिलाउँदा मोदीले निकै बेर नछाडेपछि ओल्याण्डले अर्को हातले छुटाएर हिँडेका थिए ।

तस्बिरमा ओल्याण्डले बेफुर्सदी शैलीमा मोदीसित हात मिलाएको र मोदीले निगाहको भावमा उनलाई पछ्याएको देखिन्छ । मोदी आफूभन्दा ठूला व्यक्तिसँग भेट्दा अंकमाल गर्न खोज्छन् । जसलाई धेरैले भाउ दिँदैनन् । त्यही घटना फ्रान्सका राष्ट्रपतिसँग पनि दोहोरिएको छ ।
यद्यपी गतवर्ष भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बराक ओमाबाले भने मोदीसँग मज्जाले अंकमाल गरेका थिए ।