डोटी, १२ माघ । डोटीको डौड र तोलेनी गाउ बिकासका बाढी पहिरो पिडितहरुलाई न्यायो कपडा बितरण गरिएको छ ।
यहि साउन २५ गतेको अबिरल बर्षा पछि भिषण बाढी पहिरोका कारण पिडित बन्न पुगेका स्थानिय बैसठ्ठी घर परिवारलाई न्यानो कपडार भाडाकुंडा बितरण गरिएको छ ।
कारितास जर्मनीको आर्थिक सहयोगमा कारितास नेपालको प्राबिधिक सहयोग मार्फत सामुदायिक बिकास मञ्च नेपाल डोटीले उक्त राहत सामाग्री बितरण गरेको हो । सामुदायिक बिकास मञ्च नेपालका अध्यक्ष भक्त बहादुर सिंहका अनुसार सोही अवसरमा १ सय पचासी जना बिद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
सदरमुकाम सिलगढी देखि दुई दिनको पैदल दुरीमा रहेको उक्त पहिरो प्रभावित क्षेत्र जिल्लाकै दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । साउन २५ गतेको पहिरो कारण एकै परिवारका ५ जना सहित ६ जनाले ज्यान गुमाउन पुगेका थिए । उक्त क्षेत्रमा तत्कालिन रुपमा बिभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रवाट केहि राहत बितरण गरिएको भए पनि त्यस पछि राहत बितरण गरिएको यो पहिलो पटक हो । राहत बितरण कार्यक्रममा गाबिस स्तरका प्रमुख राजनीतिक दल, गाविस प्रतिनिधी तथा बुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।
ब्यापक धनजनको क्षति र जमिनमा समेत पहिरोका कारण धाजा फाटे पछि उक्त क्षेत्रका बासिन्दा त्रासमा बस्दै आएका छन् । राहत तथा पुनस्र्थापनको माग गर्दै उक्त क्षेत्रमा संघर्ष समिती समेत गठन गरिएको छ ।
संघर्ष समितीले यस अघि नै नेपाल सरकारका प्रधानमन्त्री देखि प्रमुख राजनितिक दलका शिर्ष नेताहरुलाई काठमाण्डौमा भेट गरी आफ्ना मागहरु समेत राखि सकेका छन् । बाढी पहिरोका कारण डौड र तोलेनी गाबिसका बिभिन्न स्थानमा निर्माण गरिएका पांच वटा जलबिधुत आयोजनाहरु, बिद्यालय भवनहरु, खेतियोग्य जमिन र निजि घरमा क्षती पुगेको थियो ।












प्रतिक्रिया